पशु चौपाया व्यवस्थापनमा सहयोगका लागि गोदावरी नगरपालिकाको आग्रह

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–७ स्थित गोलादेउ सामुदायिक वन, लालपुरमा निर्माण गरिएको गौशालामा रहेका पशुहरूको खाद्यान्न संकट गहिरिएपछि नगरपालिकाले सहयोगका लागि स्थानीयवासीलाई आग्रह गरेको छ।

नगरपालिकाले हाल आर्थिक अभावका कारण गौशालामा रहेका पशु चौपायालाई पर्याप्त पराल र दाना उपलब्ध गराउन कठिनाइ भएको जनाएको छ।

उक्त समस्याका कारण कार्यालयले किसान र समाजसेवीहरूलाई उपलब्ध पराल, दाना लगायत सामग्री सहयोग गर्न अनुरोध गरेको हो।

Deep Jyoti Pustak psl
Loading...