सुदूरपश्चिममा दसैँको अवधिमा भएका ४९ सवारी दुर्घटनामा ८ जनाको मत्यु, १ सय बढी घाइते

अत्तरिया : सुदूरपश्चिममा दसैँ अवधिमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । दसैँको घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म भएका ४९ वटा सवारी दुर्घटनामा ८ जनाको मत्यु भएको हो ।

सो दुर्घटनामा परेर १ सय २२ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सो अवधिमा सबैभन्दा धेरै कैलाली र कञ्चनपुरमा २१÷२१ वटा सवारीसाधन दुर्घटनामा परेका छन । दुर्घटनामा कैलालीमा ४ जनाको मृत्यु हुँदा ५४ जना घाइते भएका छन् भने कञ्चनपुरमा २ जनाको मृत्यु र ३७ घाइते भएका छन् ।

बैतडीमा ५ वटा सवारीसाधन दुर्घटना १ जनाको मृत्यु र १४ घाइते भएका छन । त्यस्तै दार्चुलामा १ सवारी दुर्घटनामा १ जनाको मृत्यु र १० जना घाइते, डडेल्धुरामा १ सवारी दुर्घटनामा ७ जना घाइते भएका छन ।

दसैको अवधिमा डोटी, बाजुरा, अछाम र बझाङमा भने सवारीसाधन दुर्घटना नभएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...