बाजुरा : बाजुरामा जीप दुर्घटना हुँदा २ जना घाइते भएका छन ।
बुधवार दिउँसो कर्णाली करिडोर राजमार्गको जगन्नाथ गाउँपालिका – १ स्थित ग्यारेजमा जीप मर्मत गरी सडकमा चेक गर्ने क्रममा दुर्घटना भएको हो ।
सुप.प्र.०१–००१ ज १२३२ नम्बरको जीप दुर्घटना हुँदा गौमुल गाउँपालिकाका अन्दाजी १८ बर्षका सन्तोष बोहरा र ठेगाना नखुलेका सुदिर कुमार घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घाइते दुवै जनाको बुढीनन्दा नगरपालिका स्थित कोल्टी अस्पतालमा उपचार भइरहेको छ । जीप स्वामीकार्तिक खापर गाउँपालिका २ बस्ने दिल बहादुर बुढाले चलाएका थिए । उनी भने सकुशल रहेका छन ।
एक्कासी अनियन्त्रित भएको जीप सडकबाट करिब ७५ मिटर तल खसेको छ ।
