गोदावरीमा अव्यवस्थित रूपमा प्रयोग भइरहेका छ सवारी फिर्ता

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा अव्यवस्थित रूपमा प्रयोग भइरहेका छ वटा सवारी साधन नगरपालिकामा फिर्ता गरिएका छन्।

नगरपालिकाको जिन्सी शाखाका अनुसार वडा नम्बर १ र १२ को वडा कार्यालय, फोहोर व्यवस्थापन शाखा, स्वास्थ्य शाखा र प्रशासन शाखाले एक–एक थान मोटरसाइकल फिर्ता गरेका छन् भने नगर मनोपरामर्शदाताले एक थान स्कुटर बुझाएका छन्।

नगरपालिकाले असोज २० गते सबै वडा कार्यालय, मालाखेती अस्पताल, स्वास्थ्य सेवा केन्द्र र कृषि–पशुपन्छी उपचार केन्द्रलाई पत्र पठाई तीन दिनभित्र अव्यवस्थित रूपमा प्रयोग भएका दुई पाङ्ग्रे सवारी साधन फिर्ता गर्न निर्देशन दिएको थियो।

उक्त निर्देशनपछि सवारी साधन फिर्ता गरिएका हुन्।

Dhn_Tihar & Chhat 2082
Loading...