कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ

धनगढी : कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट धनगढी उपमहानगरपालिका–३ बस्ने २२ वर्षीय अविशेक सिजापतिलाई २८० मिलिग्राम लागूऔषध खैरो हेरोइन प्रहरीले पक्राउ गरेको हो।

Dhangadhi_Tihar 2083

सिजापतिलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। यसैगरी भजनी नगरपलिका–३ कुसमघाट स्थित सडकमा घोडाघोडी नगरपलिका–१ नारायणपुर बस्ने २२ वर्षीय लक्ष्मि प्रशाद साप्कोटा र २३ वर्षीय किरण जी.सी लागुऔषधसहित पक्राउ परेका छन्।

यी दुबै जनाको साथबाट १ ग्राम ११० मिलीग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, से २ प ४०८५ नम्बरको मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय भजनी कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

बुधवार पक्राउ परेका यी तीनै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Loading...