भारतीय पक्षबाट सडक निर्माणमा भएको अवरोध हटाउन बेलौरीका जेन–जीको माग

कञ्चनपुर : कञ्चनपुर बेलौरीको जेन–जी समूहले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।

सुशासनदेखि भारतीय पक्षबाट अवरोध हुलाकी सडक सुचारुको माग गर्दै बिहीबार जेन–जी समूहले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो। समूहका संयोजक केशवकुमार बोहराले भ्रष्टाचारविरुद्ध निरन्तर शान्तिपूर्ण आन्दोलन गर्दै आए पनि पालिकाले चासो नदिएपछि प्रशासनलाई गुहार गरेको बताए।

उनका अनुसार ८ वर्षदेखि भारतीय पक्षले बेलौरी नगरपालिका– ८, पचुईस्थित अवरुद्ध हुलाकी सडकको काम सुचारु गर्नुपर्ने, पहुँचका आधारमा नगरपालिकामा भर्ना गरिएका कर्मचारी हटाउनुपर्ने, जेन–जी चोक स्थापना गर्नुपर्नेलगायतका माग अघि सारिएको छ।

आफूहरूले निरन्तर जनचासोका मुद्दा उठान गरे पनि पालिकाले चासो नदिएको जेन–जी युवाहरूको गुनासो छ। विवादित कर्मचारीहरूलाई नगरपालिकाले उल्टै संरक्षण गरेको उनीहरूको आरोप छ। ज्ञापनपत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सुशासनका लागि संविधानतः शान्तिपूर्ण आन्दोलनका कार्यक्रम मात्र सञ्चालनमा जोड दिए।

प्रजिअ ढकालले आपसी वार्ताका माध्यमबाट निकास निकाल्न जेन–जी र नगरपालिकालाई अनुरोध गरेका छन्।

Deep Jyoti Pustak psl
Loading...