महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि क्यानले आवेदन खुलायो

काठमाण्डौ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ ।

ईसीबी वा सीए लेभल–३ वा सरहको प्रमाणपत्र भएको र कम्तीमा पाँच वर्षको व्यावसायिक क्रिकेट प्रशिक्षण अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् ।

आउँदो अक्टोबर २५ तारिख भित्र आवेदन बुझाइसक्नुपर्ने सूचनामा उल्लेख छ । महिला क्रिकेट टोलीको जिम्मेवारी यसअघि मनोज कटुवालले सम्हालेका थिए । नेपाली महिला टोलीले सन् २०२६ को जनवरीमा नेपालमै हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ ।

Dhn Upa. Dashain 2082
Loading...