धनगढी : कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिवार बिहान १० बजेबाट मतदान सुरू भएको छ।
५१ औं साधारण सभा गर्दै नयाँ नेतृत्वका लागि दुई समूह प्रतिस्पर्धामा छन्। पुष्कर ओझा र रुपेश स्वाँरको नेतृत्वमा व्यवसायीका दुई समूह चुनावी मैदानमा खडा भएका हुन्।
यस्तै,वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र राठी तथा सचिवमा कोपिला कुँवरको स्वतन्त्र उम्मेदवारी छ। शनिवार बिहान १० बजे सुरू भएको मतदात साँझ ५ बजेसम्म चल्ने प्रमुख मतदान अधिकृत लोकबहादुर बिष्टले बताए।
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व छनोटका लागि दुई हजार ३३५ जनाको नाम मतदाता नामावलीमा समावेश छ।
