धनगढी : कैलालीको धनगढीबाट भन्सार छलीका बिडी, सुर्ती लगायतका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–३ मिलन चोक र धनगढी उपमहानगरपालिका–२ सिसा पोष्टबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५९ हजार बराबरको सामान बरामद गरिएको हो।
भन्सार छलीको धोती, सुर्ती, विडी, गुट्खा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मतहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
