डोटीमा इभी दुर्घटना हुँदा एक महिलाको मृत्यु, २१ जना घाइते

धनगढी : डोटीमा आज इभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ बालबालिकासहित २१ जना घाइते भएका छन्।

अछामबाट धनगढीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–२ मा दुर्घटनामा परेको हो।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार दुर्घटनामा अछामको मंगलसेन नगरपालिकाकी २२ वर्षीय हरिना परियारको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका २१ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइते सबैलाई उपचारका लागि धनगढी ल्याइएको छ। प्रहरीका अनुसार, गाडी तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Dhn Upa. Dashain 2082
Loading...