जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमका जेलबाट भागेका ४ सय बढी कैदी अझै फरार

धनगढी : जेनजी आन्दोलनका क्रममा २४ भदौमा सुदूरपश्चिमका ६ कारागार र एक बाल सुधारगृहबाट एक हजार चार सय ५८ बन्दी फरार भए। फरार कैदीबन्दीलाई आफै सम्पर्कमा आउन सार्वजनिक सूचना पनि जारी गरियो।

तर, सुदूरपश्चिमका कारागारबाट भागेको एक महिनासम्म पनि झण्डै साढे चार सय कैदीबन्दी भने फरार सूचीमै रहेका छन्। प्रहरीले फरार कैदीबन्दीहरूलाई पक्राउ गर्न प्रहरी परिचालन गरे पनि सबैलाई पक्राउ गर्न भने सकेको छैन। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले चार सय ३२ जना कैदीबन्दी अझै नफर्किएको जानकारी दिएको छ।

आन्दोलनका बेला कैलाली, कञ्चनपुर, डडेल्धुरा, दार्चुला, बझाङ र बैतडी कारागार तथा बाल सुधारगृह डोटीबाट ले एक हजार ४५८ जना बन्दी फरार भएका थिए। गत २४ भदौमा आन्दोलनकारीले कारागारमै पुगेर तोडफोड गर्नुका साथै कैदीबन्दीलाई बाहिर निकालेका थिए। त्यसपछी बन्दीहरू फरार भएका थिए।

खुला सीमानाका कारण फरार भएका कतिपय कैदीबन्दी भारत गएको हुनसक्ने सुरक्षा अधिकारीहरुको आकलन छ। फरार भएका कैदीबन्दीबाट सुरक्षा चुनौती बढेको छ। फरार कैदीबन्दी पक्राउ गर्न जिल्लाबिच समन्वय गर्ने, नाकामा निगरानी गर्नेजस्ता काम भइरहेको प्रदेश प्रहरी कार्यालयय धनगढीले जनाएको छ।

कतिपय ठाउँमा फरार कैदीबन्दी अपराधमा संलग्न देखिए पनि सुदूरपश्चिममा भने अहिलेसम्म फरार कैदीबन्दीबाट आपराधिक घटना भएको नपाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...