कैलालीमा अवैध रूपमा भित्र्याइएका जेसीबीका पार्टपुर्जा बरामद

अत्तरिया : कैलालीबाट प्रहरीले अवैध रूपमा भित्र्याइएका जेसीबीका पार्टपुर्जा, नेटबोल्ट लगायतका सामान बरामद गरेको छ ।

प्रहरीले आइतबार धनगढी उपमहानगरपालिका – ३ मिलनचोकबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका उक्त सामान बरामद गरेको हो ।

उक्त सामान करिब ४० हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त समान प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको जनाइएको छ ।

Dhn Upa. Dashain 2082
Loading...