अत्तरिया हस्पिटलले प्रत्येक शनिबार नशा तथा मनोरोग सम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्ने

अत्तरिया : कैलालीको अत्तरिया हस्पिटल प्रा.लि. ले नशा तथा मनोरोगसम्बन्धी विशेषज्ञ परामर्श तथा उपचार सेवा सञ्चालन गर्ने भएको छ।

अस्पतालका प्रशासनिक प्रमुख डिल्लीराज पाठकका अनुसार, कार्तिक १ गते (भोलि) देखि प्रत्येक शनिबार डा. शैलेन्द्र प्रसाद जोशी, वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ, बिहान १० बजे देखि १ बजे सम्म बिरामीहरूको स्वास्थ्य परामर्श र उपचार उपलब्ध गराउनेछन्।

उपचारमा मानसिक अस्थिरता, मूडमा अचानक उतार–चढाव, अनिन्द्रिता, शरीर झ्यामझ्याम हुने समस्या, उदासी र नकारात्मक सोच, आत्महत्या सोच वा प्रयास, अत्यधिक रिस वा शंका, साथै लागुपदार्थको लतसम्बन्धी समस्या समेटिएका छन्। अस्पतालले सम्पूर्ण समस्याको उपचार र परामर्श सेवा दिने जनाएको छ। डा. जोशीले व्यक्तिगत परामर्शसहित औषधि र आवश्यक उपचार प्रदान गर्नेछन्।

प्रमुख पाठकले सबैले समयमै स्वास्थ्य जाँच गराउन र ढुक्क भएर सेवा लिन  अनुरोध गरेका छन्।

Deep Jyoti Pustak psl
Loading...