कैलालीमा राष्ट्रिय फोटो पत्रकार समूहको प्रथम भेला तथा शाखा उद्घाटन सम्पन्न

अत्तरिया : धनगढीमा राष्ट्रिय फोटो पत्रकार समूहको प्रथम कैलाली भेला तथा शाखा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ पत्रकार चित्राङ्ग थापा रहेका थिए भने राष्ट्रिय फोटो पत्रकार समूहका प्रदेश संयोजक राजेन्द्र थापाको सभापतित्वमा कार्यक्रम संचालन गरिएको थियो। भेलामा आगामी कैलाली जिल्ला कार्ययोजना तयार गर्न सल्लाहकार तथा समन्वय समिति गठन गर्ने निर्णय पनि गरिएको छ। समितिमा उत्तम थापा, सुशिल ढुङ्गाना र प्रेम विवश चन्द रहेका छन्।

कार्यक्रमले फोटो पत्रकारितामा पेशागत विकास, अनुभव आदानप्रदान र स्थानीय पत्रकारहरूबीच सहकार्यको महत्वलाई प्रस्ट पारेको छ। नयाँ शाखा उद्घाटनसँगै कैलालीका सदस्यहरूले समुदायमा फोटो पत्रकारिताको पहुँच बढाउने र समसामयिक घटनाहरूको वृहत रिपोर्टिङमा सक्रियता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Deep Jyoti Pustak psl
Loading...