यातायात मजदुर स्व. प्रकाशको परिवारलाई सामूहिक सहयोग

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – २ अत्तरिया (तेघरी) का स्व. प्रकाश विष्टको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

सोमबार विगत ३ वर्ष देखि यातायात मजदुरका रूपमा कार्यरत स्व. विष्टको परिवारलाई अछाम बाजुरा संयुक्त गठबन्धन परिवारका अध्यक्ष विक्रम स्वारको नेतृत्वमा सङ्कलित १ लाख १६ हजार ४६ रुपैयाँ उनको परिवारलाई सहयोग गरिएको हो । उनीहरूले सहयोग रकम सहित प्रकाशको तस्बिर समेत उनका दाइ लोकेन्द्र विष्टलाई हस्तान्तरण गरेका थिए ।

उक्त सहयोग रकम यातायात मजदुर, अत्तरिया, धनगढी स्थित यातायात व्यवसायीका काउन्टरमा कार्यरत मजदुर, होटल व्यवसायी लगायतबाट सङ्कलन गरिएको अध्यक्ष स्वारले बताए । जसमा नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनि ५/५ हजार सहयोग गरेका थिए । धनगढी देखि अछाम बाजुरा रुटमा चल्ने बसहरूमा सह–चालकको रूपमा कार्यरत २१ वर्षीय प्रकाश विष्ट असोज २७ गते आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

उनको परिवारमा वृद्ध आमाबुबा, दाइ भाउजू रहेका छन् । उनको निधन पछि अहिले उनको परिवार शोकमा डुबेको छ ।

Deep Jyoti Pustak psl
Loading...