धनगढी : कैलालीको टीकापुरबाट पटाका बरामद गरिएको छ।
टीकापुर नगरपालिका–७ सत्तिबाट अन्दाजी मूल्य ९ हजार बराबरको बिभिन्न किसिमका पटाका इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिशे अवस्थामा फेला पारी बरामद गरेको छ।
सो सम्बन्धमा आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
