धनगढीबाट कात्तिक ३ गते बेपत्ता भएका कम्प्युटर व्यवसायी धामी मृत फेला

धनगढी : कैलालीको धनगढीका कम्प्युटर सम्बन्धी व्यवसाय गर्दै आएका नरेश धामी मृत फेला परेका छन।

Dhangadhi_Tihar 2083

धनगढीमा एनसिसिएस कम्प्युटर सञ्चालन गर्दै आएका धामी शिवपुरी जङ्गलमा मृत फेला परेका हुन। उनी कात्तिक ३ गते सोमवार साँझ ७ बजेदेखि बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय, कैलालीले उनी धनगढी उपमहानगरपालिका–४ शिवपुरी जङ्गलमा मृत फेला परेका बताएको छ।

उनी जङ्गलमा मृत फेला परेका भएपनि कारण खुलेको छैन। जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान गरिरहेको बताएको छ। सोमवार नै काठमाडौँबाट धनगढी फर्किएका धामीले दिनमा आफ्नो पसलमा काम गरेका थिए।

साँझ कोठाबाट अकस्मात् बेपत्ता भएको उनको परिवारका सदस्यहरूले बताएका थिए। धामीले बोकेको मोबाइल बन्द थियो। उनी सामान्य अवस्थामै बाहिर निस्किएका थिए।

Loading...