कैलालीमा कारको ठक्करबाट एक महिलाको मृत्यु, एकको उपचार जारी

धनगढी : कैलालीमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

जिल्लाको भजनी नगरपालिका–४ की ४५ वर्षीय फूलबासनी चौधरीको कारको ठक्करबाट मृत्यु भएको हो। भजनी नगरपालिका–४ खैलाडमा बिहिवार दिउँसो बा १७ च ५९६ नम्बरको कारले पैदल यात्री ४५ वर्षीय फूलबासनी चौधरी र ५० वर्षीया आसिया चौधरीलाई ठक्कर दिएको थियो।

फूलबासनीको बिहिवार साँझ सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। असिया चौधरीको उपचार जारी रहेको प्रहरीले बताएको छ। नेपाल प्रहरीले कार र कारका चालक लम्की–चुहा नगरपालिका–२ का २९ वर्षीय सुनील डाँगीलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाको विषयमा आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।

Deep Jyoti Pustak psl
Loading...