कञ्चनपुरको दोधारा–चाँदनीबाट तास खेल्दा खेल्दै १२ जना पक्राउ

धनगढी : कञ्चनपुरको दोधारा–चाँदनीबाट तास खेल्दा खेल्दै १२ जना पक्राउ परेका छन्। जिल्लाको दोधारा–चाँदनी नगरपालिका–४ कालिका टोलको निर्माणाधीन घरबाट १२ जना तास खेल्दा खेल्दै पक्राउ परेका हुन।

नेपाल प्रहरीले बिहिवार राति दोधारा-चाँदनी नगरपालिका–२ का ५४ वर्षीय खडक नेपालीसहितका १२ जनालाई पक्राउ गरेको हो।  उनीहरूको साथबाट १८ हजार एक सय ५० रुपैयाँ नगद र २ गड्डी तास प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय, दोधारा चाँदनीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

Deep Jyoti Pustak psl
Loading...