कैलालीमा साइकल पल्टिदा ७१ वर्षीय वृद्धको मृत्यु

धनगढी : कैलालीमा साइकल पल्टिदा ७१ वर्षीय वृद्धको मृत्यु भएको छ।

Dhangadhi_Tihar 2083

जिल्लाको कैलारी गाउँपालिका–८ भङ्गाहका ७१ वर्षीय छोटेलाल चौधरीको सेती प्रादेशिक अस्ताल, धनगढीमा मृत्यु भएको हो। नेपाल प्रहरीले कैलालीको गौरीगंगा नगरपालिका–१० उदासीपुरमा उनी सवार ब्याट्री चार्ज गर्ने साइकल आफै अनियन्त्रित भएर पल्टिएको बताएको छ।

उनलाइ उपचारका लागि धनगढी ल्याइएकोमा बिहिवार साँझ मृत्यु भएको हो।

Loading...