लम्कीमा २३ वर्षीय युवकमाथि सामूहिक खुकुरी प्रहार

धनगढी : कैलालीको लम्कीका एक युवकमाथि सामूहिक रुखमा खुकुरी प्रहार गरिएको छ।

लम्की–चुहा नगरपालिका–१ कालिका टोलका २३ वर्षीय दिनेश शाहीमाथि खुकुरी प्रहार गरिएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीले दिनेश शाहीमाथि सोही ठाउँका प्रेम न्यौपाने, दिनेश न्यौपाने, मुक्ति न्यौपाने र डिल्ली चौलागाईं समूहले खुकुरी प्रहार गरेको बताएको छ।

शाहीमाथि उनीहरूले शुक्रवार बिहान १०ः४० बजेको समयमा खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहार गरेर उनीहरू फरार भएका छन्। शाहीको लालरत्न अस्ताल लम्कीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि शुक्रवार दिउँसो कोहलपुर मेडिकल कलेज, नेपालगञ्ज रेफर गरिएको छ।

कुटपिटमा संलग्नहरूको खोजी कार्य जारी रहेको कैलाली प्रहरीले बताएको छ।

Deep Jyoti Pustak psl
Loading...