कैलालीबाट खैरो हेरोइनसहित २१ वर्षीय युवक पक्राउ

धनगढी : कैलालीबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कबाट डडेल्धुराको अमरगढी नगरपालिका–९ बस्ने २१ वर्षीय प्रकाश साँउद खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

साँउदलाइ चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ६७० मिलिग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको छ।

सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Loading...