अत्तरिया : कैलालीको अत्तरिया चोकमा कार दुर्घटना भएको छ ।
शुक्रवार साँझ अत्तरिया चोकको डिभाईडरमा ठोक्किएर दुर्घटना हुँदा कार चोकको बिच भागमा पुगेको हो। धनगढीबाट अत्तरिया तर्फ आउदै गरेको बागमती प्रदेश ०१ ०२७ च ४३३१ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना पछि चालक गोदावरी नगरपालिका – १ का ५१ कृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले अत्यधिक मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ । कारमा सवार गोदावरी नगरपालिका – ५ की ४८ वर्षीय सृजना चौधरी सामान्य घाइते भएकी छिन । उनको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।