अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ७६ जना पक्राउ

काठमाण्डौ : स्थानीय प्रशासनबाट अनुमति नलिई काठमाण्डौको माइतीघरमा प्रदर्शन गर्न पुगेका ७६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

आज बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जेनजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले सोधपुछका लागि पक्राउ गरेको हो । स्थानीय प्रशासनको अनुमतिविना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुठभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

पक्राउ परेका ७६ मध्ये ३६ जना महिला र ४० जना पुरुष छन् । जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरूले स्वतन्त्र रूपमा प्रदर्शन गर्नका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमति माग्दा नपाएको बताउनुभयो ।

Dhn_Tihar & Chhat 2082
Loading...