कैलाली प्रहरीको नयाँ घुमुवा टोलीको इन्चार्जमा चन्द

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले नयाँ घुमुवा टोली बनाएको छ।

पुरानो टोलीलाई विघटन गरेर सादा पोसाकमा खटिने नयाँ घुमुवा टोली बनाइएको हो। स्रोतका अनुसार वरिष्ठ सई लोकेन्द्र चन्द ठकुरीलाई घुमुवा टोलीको इन्चार्जको जिम्मेवारी दिइएको छ।

चन्दको कमाण्डमा बनेको चार सदस्यीय टोलीले काम थालिसकेको जनाइएको छ। प्रहरी प्रधान कार्यालयले बेलाबखत घुमुवा नराख्न भने पनि प्रहरी कार्यालयहरुले अपराध अनुसन्धान र सूचना संकलनका लागि भन्दै घुमुवा टोली राख्दै आएका छन्।

Deep Jyoti Pustak psl
Loading...