कैलालीमा १ हजार पाँच सयले गरे मतदाता नामावली दर्ता

धनगढी : कैलालीमा आगामी निर्वाचनका लागि मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता देखिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि धमाधम मतदाता नामावलीमा नाम दर्ता गराउन थालेका छन् ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्ट गत असोज १० गतेदेखि हालसम्म १ हजार पाँच सय ७५ जनाले नयाँ मतदाताका लागि नाम दर्ता गराएका छन् ।

जसमध्ये एक हजार सात पुरुष र पाँच सय ६८ जना महिलाले मतदाता नामावलीमा नाम दर्ता गराएको उनले जानकारी दिए । उनका अनुसार नयाँ नामावली दर्ता गराउनेमध्ये अधिकांश युवा रहेका छन् । ‘१६ वर्ष उमेर पुगेकाले मतदाता नामावलीमा नाम दर्ता गराउन पाउँछन् । तर,मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्छ’ उनले भने ‘हाल नाम दर्ता गराएका मध्ये ६० प्रतिशत नयाँ मतदाता थपिन सक्ने हाम्रो अनुमान छ ।’

प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार आगामी कार्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने छ । कैलालीमा पाँच लाख ३४ हजार ८ सय ६४ अद्यावधिक मतदाता रहेको कार्यालय प्रमुख भट्टले जानकारी दिए । जसमध्ये २ लाख ६१ हजार ५ सय १८ पुरुष, २ लाख ७३ हजार ३ सय ३४ महिला र अन्य १२ जना मतदाता रहेको जनाइएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा गरेको छ ।

Deep Jyoti Pustak psl
Loading...