‘मोन्था’ को प्रभाव कम हुँदै, पश्चिमी वायु र न्यूनचापीय प्रणालीले आज यी स्थानमा वर्षा

काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ प्रभाव नेपालमा कम हुँदै गएको बताएको छ । यद्यपि पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उसले जनाएको छ ।

कोशी प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा साधरणतया देखि अधिकांश बदली छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । कोशीका थोरै तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोशीको उच्च पहाडी तथा हिमाली भूभागका थोरै तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति कोशी र मधेश प्रदेश साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

Deep Jyoti Pustak psl
Loading...