अत्तरिया : कैलालीको गोदावरीमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । गोदावरी २ स्थित तेघरीमा आर्मी ब्यारेक गेट नजिकै आज (बुधबार) बिहान ६ बजे बसको ठक्करबाट वृद्धाको मृत्यु भएको हो ।
दिपायलबाट धनगढी आउँदै गरेको ना ५ ख ५२५ नम्बरको बसले स्थानीय अन्दाजी ८२ वर्षीय दिलमाया शिरिषलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।
ठक्कर दिने बससहित चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अहिले सडक अवरुद्ध रहेको छ ।
