‘कम्युनिष्ट आन्दोलनलाई पुनः एकतामा बाँध्ने समय आएको छ’ : भीम रावल

मातृभूमि जागरण अभियान नेपालका संयोजक भीम रावलले बलियो राष्ट्रिय शक्ति निर्माण गरी राजनीतिक, सामाजिक रूपान्तरणको यात्रालाई सशक्त रूपमा अघि बढाउन जरुरी रहेको बताएका छन्।

बुधवार नेपाली कम्युनिष्ट पार्टीसँगको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विगतमा नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरू र कम्युनिष्ट आन्दोलनलाई विशृङ्खलित गरेर आफ्नो निहित स्वार्थ पूरा गर्न विभाजन गरिएको आरोप लगाए।

नेपाली कम्युनिष्ट पार्टीलाई राजनीतिक, सामाजिक रूपान्तरणको यात्रालाई सशक्त रूपमा अघि बढाउने अभियानका रूपमा अघि बढाउनुपर्ने बताए।

रावलले भने, ‘जुन वेला नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरू र कम्युनिष्ट आन्दोलनलाई विशृङ्खलित गरेर आफ्नो निहित स्वार्थ पूरा गर्न विभाजन गरिएर गह्रौँ मन लिएर यही ठाउँबाट छुट्टिएर गइएको थियो। फर्किएर आज नेपाली कम्युनिष्ट पार्टीअन्तर्गत समाहित आएका छौँ। हामीले एउटा बलियो राष्ट्रिय शक्ति निर्माण गरेर हाम्रो राजनीतिक, सामाजिक रूपान्तरणको यात्रालाई सशक्त रुपमा अघि बढाउने अभियानका साथ हामी लाग्नुपर्छ।’

नेता रावलले आगामी दिनमा सकारात्मक, भावनात्मक एकता, संकल्पका साथ आफ्नो लक्ष्यमा पुग्ने दाबी गरे।

Loading...