कैलालीमा एक युवक लागूऔषधसहित पक्राउ

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका–३ चौराहाबाट एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

मंगलबार राति करिब ८ः३० बजे वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले सोही ठाउँका १९ वर्षीय दिलिप सिजापतिलाई शंका लागि जाँच गर्ने क्रममा २१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।

सिजापतिलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको वडा प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ।

Loading...