कैलालीको धनगढीमा साइकल र्‍याली  हुने

धनगढी : धनगढीमा कात्तिक २९ गते शनिबार साइकल र्‍याली हुने भएको छ।

Dhangadhi_Tihar 2083

धनगढी उपमहानगरपालिकाले साइकल र्‍यालीको आयोजना गर्ने भएको हो। नगर प्रमुख गोपाल हमाले शनिबार आयोजना हुने साइकल र्‍यालीमा भाग लिन सार्वजनिक अपिल गरेका छन्।

उनले घरमा भएको जस्तोसुकै साइकल ल्याएर बिहान ८ बजे ट्राफिक चौराहामा उपस्तिथि हुन अनुरोध गरेका छन्। धनगढी चौराहबाट ठिक ८ः३० साइकल र्‍याली सुरू हुने नगर प्रमुख हमालले बताएका छन्।

उक्त र्‍याली धनगढी मुख्य सडक हुँदै गुरहीचोकबाट जेन्जी मार्गमा पुगेर समापन हुनेछ। नगर प्रमुख हमालले उक्त साइकल र्‍यालीमा सहभागी हुन सम्पूर्ण नगरवासीलाई अनुरोध गरेका छन्।

Loading...