अछाममा हातहतियार मुद्दामा फरार एक जना पक्राउ

अछाम : हातहतियार तथा खरखजना मुद्दामा फरार अछामका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत अछामको मिति २०८२ श्रावण ३० गतेको फैसलाले हातहतियार तथा खरखजना मुद्दामा ३ महिना कैद सजाय र ३ हजार जरिवाना तोकिएपछि फरार रहेका अछामको मेल्लेख गाउँपालिका–२ बस्ने मने धामी पक्राउ हुन्।

धामीलाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले बिहीवार जिल्ला अछामको मंगलसैन नगरपालिका–५ को मंगलसैन बजारबाट पक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...