अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका सवारी साधन राख्ने घरबाट एक जना कर्मचारीको मोटरसाईकल चोरी भएको छ ।
बिहिबार राती नगरपालिकाका दमकल कर्मचारी गंगाराम भट्टको मोटरसाईकल चोरी भएको हो । भट्टले मोटरसाईकल चोरी भएको विषयमा प्रहरीमा निवेदन दिएको बताएका छन् । उनले आफ्नो नाममा रहेको सुप प्र ०१ ००८ प २०१२ नम्बरको होन्डा साइन कम्पनिको कालो मोटरसाईकल चोरी भएको बताए ।
यता ईलाका प्रहरी कार्यालय मालाखेतीले पनि मोटरसाईकल चोरी भएको निवेदन प्राप्त भएको जानकारी दिएको छ । प्रहरी नायब उपरिक्षक रण बहादुर चन्दले नगरपालिकाको वडा नं. १ को कार्यालय पछाडीपट्टि रहेको नगरपालिकाको सवारी साधन राख्ने घरमा राखेको अवस्थामा मोटरसाईकल चोरी भएको भन्ने निवेदन आएको बताए ।
उनले मोटरसाईकल सिसिटीभि फुटेज हेर्ने तथा थप अनुसन्धान गर्ने कार्य भैरहेको बताए । उनले चोरीमा संलग्नहरुको विषयमा खोजी कार्य जारी रहेको बताए ।
