बाजुरा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प

बाजुरा : बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार मध्याह्न १२ बजेर ५८ मिनेटमा बाजुरा केन्द्र भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि जाजरकोट केन्द्र भएर भूकम्पका धक्का महसुस हुँदै आएको थियो। पछिल्लो पटक जाजरकोट केन्द्र भएर सोमबार अपराह्न ४ बजेर ४० मिनेटमा ४।५ रेक्टर स्केलको भूकम्प गएको थियो।

शुक्रबार राति ११स्४७ बजे जाजरकोट केन्द्र भएको गएको ६।४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भएको छ।

शुक्रबार रातिपछि जाजरकोट केन्द्र भएर मात्रै ९ पटक भूकम्प गएको छ।

Loading...