म्याद गुज्रेको बिस्कुट बिक्री गर्ने एक सप्लायर्सलाइ धनगढी उपमहानगरले तिरायो जरिबाना

धनगढी : म्याद गुज्रेको बिस्कुट बिक्री गरेकाले धनगढीको एक व्यापारिक फर्मलाई उपमहानगरपालिकाले जरिबाना तिराएको छ।

Dhangadhi_Tihar 2083

धनगढीको साइनिङ सन सप्लायर्सलाई म्याद गुज्रेको बिस्कुट बिक्री गरेको भन्दै पाँच हजार जरिबाना तिराइएको हो। सप्लायर्सले म्याद गुज्रेको गुडडे बिस्कुट बिक्रीवितरण गरेको फेला परेपछि जरिबाना तिराइएको उपमहानगरपालिकाले जनाएको छ।

धनगढी उपमहानगरपालिकाले शनिवार बिहान आयोजना गरेको साइकल र्यालीमा म्याद गुज्रेको बिस्कुट वितरण भएको पाइएपछि उक्त बिस्कुटको डिलर रहेको साइनिङ सन सप्लायर्सलाई जरिबाना गरिएको हो।

Loading...