कैलालीमा बस दुर्घटना, ७ जना घाइते

धनगढी : कैलालीको गौरीगङ्गामा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

Dhangadhi_Tihar 2083

सोमबार बिहान पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बस गौरीगंगा नगरपालिका – ८ बडैपुरमा दुर्घटनामा परेको हो। सुदूरपश्चिम प्रदेश ०१ ००१ ख २६३१ नम्बरको बस दुर्घटना हुँदा ७ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ।

घाइतेको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। बस अनियन्त्रित भएर दुर्घटना भएको थियो।

Loading...