सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः प्रदेश मुख्यमन्त्री

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संस्थागत विकास गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताए।

एफएम रेडियोमा कार्यरत पत्रकारका लागि आजदेखि धनगढीमा सुरु भएको अनुशिक्षण कार्यक्रममा उहाँले सञ्चार क्षेत्रको विकास गर्दै यसलाई भरपर्दो र विश्वासिलो बनाउन सामूहिक ऐक्यबद्धताको खाँचो औँल्याए।

Dhangadhi_Tihar 2083

मुख्यमन्त्रीले समग्र सञ्चार क्षेत्रलाई बलियो बनाउँदै देश र लोकतान्त्रिक व्यवस्थालाई जोगाउने महत्त्वपूर्ण दायित्वबाट सञ्चार जगत चुक्न नहुने धारणा राख्नुभयो । नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्ष भरत शाहलगायत वक्ताले आ–आफ्नो धारणा राखेका छन्।

नेपाल पत्रकार महासङ्घ र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको दुईदिने अनुशिक्षण कार्यक्रममा एफएम रेडियोमा कार्यरत पत्रकारहरूको सहभागिता छ।

– रासस

Loading...