कैलालीको धनगढीमा भन्सार छलीको सामान बरामद

धनगढी : कैलालीको धनगढीमा भारतबाट भन्सार छली गरेर ल्याइएको अवैध सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ को रामजानकी मन्दिरस्थित भित्री सडक खण्डबाट अवैध रूपमा भन्सार छली गरी भारतबाट ल्याइएका विभिन्न सामान प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको गस्ती टोलीले सो स्थानमा स्विटर, सुटपिस, दोपट्टा, प्लास्टिक झिल्ली लगायतका कपडा तथा सामग्री बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो। बरामद गरिएका सामानको मूल्य ५८ हजार ६५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...