अत्तरिया : कैलालीको अत्तरियामा रहेको सामुदायिक रेडियो अत्तरियामा कार्यरत बजार ब्यवस्थापक प्रमुख हिसिला भट्टराई (हिना)ले बृद्धाश्रममा खाना खुवाएर आफ्नो जन्मदिन मनाएकी छन् ।
उनले दृष्टि फाउन्डेसन नेपालको अत्तरिया शाखास्थित बृद्धाश्रममा रहेका बृद्ध आमाहरुलाई खाना खुवाएर जन्मदिन मनाएकी हुन् ।जन्मदिनको अवसर पारेर आज बिहानै भट्टराई बृद्धाश्रम पुगेकी थिइन्।
उनलाई बृद्धाश्रममा ललिता चौधरीले फुलमाला सहित स्वागत गरी जन्मदिनको शुभकामना दिएकी थिइन् । त्यसपछि उनले बृद्धाश्रममा रहेका बृद्ध आमाहरुलाई भोजन गराउनुका साथै बिस्कुट, चिनी लगायतका सामाग्री हस्तान्तरण गरेकी छन् ।
भट्टराईले आफुले जन्मदिनको अवसरमा बृद्धाश्रममा पुगेर आमाहरुलाई खाना खुवाउन र थोरै भएपनि सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरिन् ।
फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा सबैले समाजमा रहेका यस्ता आश्रममा गएर बृद्ध आमाबुवाहरुलाई खाना खुवाएर र सक्दो सहयोग गरेर जन्मदिन मनाउन आग्रह गरिन् । आफ्नो मनले सहयोग गर्न पाएकोमा खुसि व्यक्त गर्दै उनले आगामी दिनमा पनी यसरीनै सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।
