कैलाली : जिल्ला प्रहरी कार्यालय कैलालीले एकै दिन ४२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्लासँगै मातहतका प्रहरी इकाइहरूले अदालतको फैसला कार्यान्वयन प्रभावकारी बनाउन सञ्चालन गरेको विशेष अभियानअन्तर्गत एकै दिन ४२ जना प्रतिवादी पक्राउ गरेका हुन् ।
पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रकृयाका लागि जिल्ला अदालत कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका व्यक्तिलाई जिल्लाका विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो।
