बझाङमा एक युवती आफ्नै घरमा मृत फेला

धनगढी : बझाङको केदारस्यूँ गाउँपालिका–६ भाटसैनकी १७ वर्षीया रन्जना धामी बुधबार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।

प्रहरीका अनुसार घटनाको सूचना पाएसँगै टोली पुगेर प्राथमिक तथ्य संकलन गरिएको छ।

युवतीको मृत्युको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...