काठमाडौं : सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ९ विकेट गुमाएर १३९ रन बनायो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाए। आरिफ शेख २७, हर्मित सिंह १९, क्रिश ली १८, विनोद भण्डारी ११, स्कट कुग्गेलेइजन १०,इसान पाण्डे २ रन बनाएर आउट भए। जोश ब्रोन र नरेन साउदले खाता खोल्न सकेनन् ।
कर्णालीका लागि कप्तान सोमपाल कामी तीन, नन्दन यादव दुई, मार्क वाट, विपिन शर्मा, युवराज खत्रीले समान एक/एक विकेट लिए।
यस्तै, सोमपाल नेतृत्वको कर्णाली याक्स दोस्रो जितको खोजीमा छ । कर्णाली पहिलो खेलमा चितवन राइनोजसँगको पराजित भएको थियो । कर्णालीले दोस्रो खेलम शनिबार लुम्बिनी लायन्सलाई हराएको थियो ।
सुरुवाती दुवै खेल जितेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफ पुग्ने लक्ष्यमा छ ।
