काठमाण्डौ : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार तेश्रो खेलमा विजयी भएको छ । आज भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ४५ रनले हराएको हो । सुदूरपश्चिमले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको कर्णाली १९ आभेर २ बलमा ९४ रनमा अलआउट भयो ।
कर्णालीका लागि पवन सर्राफ २७, मार्क वाट १७, कप्तान सोमपाल कामी १४, गुलशन झा र अर्जुन घर्तीले समान १३/ १३, विलियम वसिस्टो ३, नन्दन यादव १, नाजिबुल्लाह जार्दन १, प्रियन्क पान्चल, युवराज खत्री शून्यमा पेभेलियन फर्किए । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले चार, हर्मित सिंह अविनाश बोहराले समान दुई विकेट लिए । हेमन्त धामी, स्कट कुग्गेलेइजनले समान एक एक विकेट लिए । टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ९ विकेट गुमाएर १३९ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाए । आरिफ शेख २७, हर्मित सिंह १९, क्रिश ली १८, विनोद भण्डारी ११, स्कट कुग्गेलेइजन १०,इसान पाण्डे २ रन बनाएर आउट भए। जोश ब्रोन र नरेन साउदले खाता खोल्न सकेनन् । कर्णालीका लागि कप्तान सोमपाल कामी तीन, नन्दन यादव दुई, मार्क वाट, विपिन शर्मा, युवराज खत्रीले समान एक/एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीले ३ विकेट लिए । लगातार तीन खेल जितेको सुदूरपश्चिम अङ्क तालिकाको दोस्रो र तीनमा एक खेल जितेको कर्णाली छैटौं स्थानमा यथावत् छ ।
यसअघि आज भएको पहिलो खेलमा विराटनगर किङ्ग्सले लगातार तेस्रो जीत हासिल गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले हरायो ।
