सुदूरपश्चिम प्रदेशमा ४ हजार ४४१ शैक्षिक संस्थामा ८ लाख बढी विद्यार्थी अध्ययनरत

धनगढी : वार्षिक आर्थिक गतिविधि अध्ययन २०८१/८२ अनुसार, सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा सरकारी, निजी र सामुदायिक विद्यालय, प्राविधिक शिक्षालय, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालय तथा त्यस अन्तर्गतका आंगिक क्याम्पस गरी कुल ४ हजार ४ सय ४१ वटा शैक्षिक संस्था संचालनमा रहेका छन् ।

सो अवधिमा यी संस्थाहरूमा कुल ८ लाख ३ हजार ८ सय ५४ विद्यार्थी अध्ययनरत रहेको तथ्यांक सार्वजनिक भएको छ । ती विद्यार्थीहरूको शिक्षणमा २४ हजार ८ सय ९१ जना शिक्षक-प्राध्यापक सक्रिय छन् ।

वार्षिक अध्ययनले प्रदेशको शिक्षा क्षेत्रको स्थिति र शिक्षण जनशक्ति तथा विद्यार्थीहरूको विवरण स्पष्ट पार्दै शैक्षिक विकासको दिशा दर्शाएको छ ।

Deep Jyoti Pustak psl
Loading...