एक वर्षमा सुदूरपश्चिमबाट २९ हजार जना विदेश पलायन

धनगढी : वार्षिक आर्थिक गतिविधि अध्ययन २०८१/८२ अनुसार यस वर्ष विदेश जाने श्रमिकको संख्या उल्लेखनीय रूपमा बढेको छ । अध्ययनका अनुसार आर्थिक वर्ष २०८१-८२ मा प्रदेशबाट २८ हजार ९ सय ९१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

Dhangadhi_Tihar 2083

श्रम स्वीकृति लिनेहरूमध्ये २६ हजार ३ सय ७९ पुरुष र २ हजार ६ सय १२ महिला रहेका छन् । यो संख्या समग्र देशभरि रहेका श्रम स्वीकृति लिनेको कुल संख्याको झण्डै ३.४५ प्रतिशत हो ।

गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा यस प्रदेशबाट विदेश जाने श्रमिक संख्या २०.६७ प्रतिशतले बढेको अध्ययनले निष्कर्ष निकालेको छ ।

विशेषज्ञहरूले रोजगारीका अवसर सीमित हुनु, विदेशमा कमाइको आकर्षण तथा वैदेशिक रोजगार प्रक्रियामा सहजता जस्ता कारणले श्रमिक बाहिर्गमन बढिरहेको बताएका छन् ।

Loading...