धनगढी : कैलालीमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।
बझाङबाट घोडाघोडी नगरपालिका-१ लक्ष्मिपुर माईतिघरमा आएकी ४२ वर्षीया कमला विकको नल्कामा मोटर चलाएर नुहाउने क्रममा करेन्ट लागेर मंगलवार मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भिर घाइते भएकी विकलाई उपचारको लागी घोडाघोडी अस्पताल सुखड लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । सो सम्बन्धमा अनुसन्धान भइरहेको जनाइएको छ ।
