लागूऔषध मुद्दामा फरार एक युवक पक्राउ

धनगढी : लागूऔषध मुद्दामा फरार धनगढीका एक युवक पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय तोकेपछि फरार रहेका धनगढी उपमहानगरपालिका–७ मनेहरा बस्ने २४ वर्षीय शिव राना पक्राउ परेका हुन्।

रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...