घोडाघोडी : थारू समुदायको पराम्परागत रूपमा मानिँदै आएको लवाङ्गी पूजामा ८३३ वटा पशु बलि चढाइएको छ ।
कैलालीको घोडाघोडी ताल क्षेत्रमा रहेको थारूहरुको ठुलो कुल मन्दिरको रूपमा रहेको घोरीघोरा मन्दिरमा मङ्गलबार बलि पूजासहित लवाङ्गी पूजा सम्पन्न भएको हो । मंगलबार घोडाघोडीमा बिहानैदेखि बलि दिनेहरूको लाम लागेको थियो ।
हरेक वर्ष सीता विवाह पञ्चमी तीथिमा गरिने थारू समुदायको परम्परागत लवाङ्गी पूजामा पशु बलि चढाइन्छ । रातभर जाग्राम बसेर सीता विवाहपञ्चमीको बिहान मुख्य गुरुवा (धामी) ले घोरीघोरा देउथलमा बङ्गुर, बोका र कुखुराको बलि दिइएको छ ।
मुख्य धामी अथवा पूजारीलाई बेसाहुर गुरुवा भन्ने गरिन्छ । जसले लवाङ्गी पूजाको मुख्य अगुवाइ गर्छन ।
