लम्कीचुहामा सिटी हल र सङ्ग्रहालय निर्माण सुरु, मुख्यमन्त्री शाहद्वारा शिलान्यास

कैलाली : कैलालीको लम्कीचुहा नगरपालिका–४ मा निर्माण हुन लागेका सिटी हल, सङ्ग्रहालय तथा अन्य संरचनाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार शिलान्यास गर्नुभयो।

प्रदेश सरकारको लगानीमा बन्ने यी संरचनाको निर्माणका लागि १३ करोड १९ लाख रुपैयाँमा काठमाडौँको गोरखनाथ–पूर्वपश्चिम–निधि जेभीले ठेक्का पाएको छ। सिटी हल स्थापनापछि सभा, सेमिनार तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

शिलान्यास समारोहमा मुख्यमन्त्री शाहले विकासको सन्तुलन कायम गर्नुपर्ने आवश्यकता औँल्याउँदै बजेट वितरणमा सन्तुलनप्रति आफू चिन्तित रहेको उल्लेख गरे। उनले विशेषगरी बाजुरा र बझाङजस्ता विकट पहाडी जिल्लामा विकासका कामलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

साथै, सङ्ग्रहालयलाई प्रभावकारी रूपमा अघि बढाउन स्थानीय तह तथा सरोकारवालाबीच समन्वय र साझा उद्देश्य अनिवार्य रहने बताए।

Deep Jyoti Pustak psl
Loading...