धनगढी : कैलालीको मोहना नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
कैलालीको कैलारी गाउँपालिका-६ घर भई धनगढी उपमहानगरपालिका-९ बस्ने ४० वर्षीय राजेश चौधरीको धनगढी उपमहानगरपालिका-९ स्थित मोहना नदीमा माछा मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको हो ।
डुबेर गम्भिर घाईते भएका चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
